पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता « Khabarhub

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप गरेपछि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग वार्ता गरिरहेको स्रोतहरूले बताएका छन्।

स्रोतका अनुसार भारतीय एयरलाइन्सका लागि पाकिस्तानको हवाई क्षेत्रको विकल्पका रूपमा चीनको सिन्जियाङ क्षेत्र हुँदै हवाई मार्ग प्रयोग गर्ने सम्भावनाबारे भारतले चिनियाँ अधिकारीसँग छलफल गरिरहेको छ। विशेषगरी सिन्जियाङको होतान क्षेत्रमाथिको हवाई मार्ग प्रयोग गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

भारतको विदेश मन्त्रालयले यस विषयमा चिनियाँ समकक्षीसँग लामो समयदेखि कुराकानी गरिरहेको स्रोतले जनाएको छ।

पाकिस्तान विमानस्थल प्राधिकरण ९पीएए० ले जारी गरेको ‘नोटिस टु एयरमेन’ (नोटाम) अनुसार भारतीय विमानमाथि लगाइएको हवाई क्षेत्र प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरिएको छ। यसअघि प्रतिबन्ध सेप्टेम्बर २४ मा समाप्त हुने तय थियो।

सन् २०२५ अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच हवाई क्षेत्रमा समेत तनाव बढेको हो। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

घटनापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गर्दै सैन्य कारबाही गरेको थियो। भारतले उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो। भारतले आक्रमणमा पाकिस्तानस्थित आतंकवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

तनाव बढेपछि दुवै देशले एकअर्काका विमानमाथि हवाई क्षेत्र प्रयोगसम्बन्धी विभिन्न प्रतिबन्ध लगाएका छन्। पाकिस्तानको हवाई क्षेत्र प्रतिबन्धका कारण भारतीय एयरलाइन्सले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा उडान समय र सञ्चालन लागत बढेको बताइन्छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ५८ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता