सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय « Khabarhub

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको बिषय उठाएका छन् । 

बुधबार बसेको बैठकमा कञ्चनपुर–३ बाट निर्वाचित सांसद महताले मंगलबारराती करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भँगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्‍याउँदा करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए । 

उक्त झोलुङ्गे पुलमा क्षति भएपछि पुलबाट हुने दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए । उनले तत्काल प्राविधिक टोली खटाई पुलको विस्तृत अध्ययन, पुनर्निर्माण तथा संरचनागत सुरक्षाको जाँच गरी यथाशीघ्र आवागमन सञ्चालन गर्न माग गरे । 

साथै सांसद महताले भविष्यमा महाकाली नदीको बाढी र कटानबाट पुल तथा आसपासका संरचनालाई जोगाउन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन कार्यका लागि बजेट र प्रक्रिया सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए । 

कञ्चनपुर–३ अन्तर्गत पर्ने दोधारा चाँदनीका नागरिकले सदरमुकाम महेन्द्रनगर पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न २०६१ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ३० बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर