देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत « Khabarhub

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भन्दै झुटो प्रचार गरिएको आरोप लगाएका छन्।

महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले देउवा उद्‌घाटन सत्रमा सहभागी हुने भनेर झुटो प्रचार गरिरहेको दाबी गरेका हुन्।

उनले देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्न लागेको जानकारी दिँदै उक्त वडा अधिवेशन नै कांग्रेसको आधिकारिक अधिवेशन भएको दाबी गरे।

‘शेरबहादुर देउवा महाधिवेशन उद्‌घाटन गर्नुहुन्छ भनेर झुटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झुट कुरा भन्न हिचकिचाउनुहुन्न,’ महतले भने।

महतले १५औँ महाधिवेशनबाट आउने नेतृत्व निष्पक्ष र पारदर्शी ढंगबाट चयन हुनुपर्ने तथा सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने आफूहरूको माग रहेको बताए।

‘हामीलाई अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढंगबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनका लागि गयौँ,’ उनले भने।

अदालतमा मुद्दा विचाराधीन रहेकाले आफूहरूले अझै न्याय पाउने आशा रहेको पनि महतले बताए।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४५ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर