सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार « Khabarhub

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । 

बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठूला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताएका हुन् । समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबाससम्म पुर्याउने प्रयास भइरहेको उनले बताए ।

उनले विपक्षीको शक्ति र सहिष्णुतालाई समेत कदर गर्दै सँगसँगै लिएर अघि बढ्ने परिपक्वता रास्वपामा रहेको तर्क गरे । 

जनमतको अवमूल्यन नहोस् भनी आफूहरूले नियमित आत्मसमीक्षा गर्ने गरेको र जस्तोसुकै चुनौतीमा पनि पछि नहटी दृढ भएर अगाडि बढ्ने प्रण गरिएको उनको भनाइ छ ।  

परियारले सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिमार्फत आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पसहित अहोरात्र खटिरहेको धारणा राखे । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४७ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर