बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह « Khabarhub

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा नदी तथा जंगलबाट बगेर आउने बालुवा र काठको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रकृति मानवका लागि वरदान भए पनि त्यसको उचित व्यवस्थापन गर्न नसके विपत्तिको कारण बन्न सक्ने बताए ।

हालैको बाढीपहिरोका क्रममा पहाडी क्षेत्रबाट बगेको ठूलो परिमाणको बालुवा तराईका नदी तथा बस्ती क्षेत्रमा पुगेको र कतिपय नदीमा पानीभन्दा बढी काठ बगेको उनले उल्लेख गरे ।

‘नदीमा बालुवा धेरै जम्मा हुँदा बस्तीमा पुग्न थालेको छ । काठ व्यवस्थापन गर्न नसक्दा कतिपय नदीमा पानीभन्दा बढी काठ बगेको देखियो,’ उनले भने ।

नेपालले मलेसियालगायतका देशबाट काठ आयात गरिरहेको उल्लेख गर्दै झाले बाढीले बगाएर ल्याएको काठ र बालुवालाई उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ०३ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण