पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित « Khabarhub

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

आङ्देम्बेले १ हजार १८९ मत प्राप्त गरेका छन्। यस्तै, पाँचथरबाट नरेन्द्रकुमार केरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। केरुङले १ हजार २११ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सभापति रूपनारायण जबेगु र सचिव दीपक नेपाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

कांग्रेसले क्षेत्रीय अधिवेशनसँगै १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया जारी राखेको छ।

निर्वाचित महाधिवेशन प्रतिनिधि :

१. नरेन्द्रकुमार केरुङ – १,२११
२. भीष्मराज आङ्देम्बे – १,१८९
३. रूपनारायण जबेगू – १,१४३
४. बृजहाङ आङ्देम्बे – ८६०
५. दीपक नेपाल – ८१५
६. पूर्ण तुम्बापो – ६९९
७. कर्ण माङलाक – ६५३
८. सुमन लामा – ६२६
९. डिकेन्द्र चेम्जोङ – ६११
१०. सूर्य नेम्बाङ – ५५७

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ०२ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण