प्रतिनिधिसभामा सांसदले उठाए यी विषय « Khabarhub

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता नेपालीको खोजी, विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउने, शिक्षा, वन्यजन्तु तथा सीमा नाकाका समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि आएको पहिरो र नदी कटानका कारण मुस्ताङका पूर्वाधारमा गम्भीर क्षति पुगेको बताए। कृषि पूर्वाधारमा समेत समस्या देखिएको उल्लेख गर्दै उनले लोमन्थाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बाढीपहिरोले बढी क्षति पुर्‍याएको जानकारी दिए।

सांसद आरेन राईले मनाङमा गएको हिमपहिरोमा खोटाङका चार जना बेपत्ता रहेको जानकारी दिँदै तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिपुरेश्वरमा आगलागी गरी मृत्यु भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म संवाद नगरेको भन्दै तत्काल परिवारसँग वार्ता गर्न माग गरे।

सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरणमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताइन्। निकुञ्ज आसपासका नागरिकले वन्यजन्तुका कारण दुःख पाउने अवस्था अन्त्य गर्न उनले सरकारसँग माग गरिन्।

सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका दाङका नागरिकको शव विदेशमै रहेको जानकारी गराउँदै शव नेपाल ल्याउन सरकारको पहल माग गरे।

उनका अनुसार एकिन्द्र ओलीको दक्षिण कोरिया तथा वीरेन्द्र चौधरी र कमला विकको भारतमा मृत्यु भएको छ। नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देश पुगे पनि उनीहरूको सुरक्षाको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद सृजना श्रेष्ठले धरानका ५६ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव रहेको बताइन्। शिक्षक अभावको समस्या समाधानको माग गर्दै साना विद्यार्थीसमेत धर्नामा बसेको उल्लेख गर्दै उनले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाको विरोध गरिन्। यस्तै, सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : २७ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला