नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन « Khabarhub

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन् ।

बुधबारको बैठकमा बोल्दै न्यौपानेले विगतका भ्रष्टाचारबाट आर्जित तथा लुकाइएको भनिएको रकम बैंकिङ प्रणालीमा ल्याउन सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।

उनले भने, ‘३५ वर्षदेखि यो देश लुटेकाहरूले लुकाएको धनका कारण आज शक्ति प्राप्त भयो भन्दै उनीहरू देशको विरुद्धमा प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर सुनिँदै छ । हामीलाई थाहा छ यो पैसा कालो धन र देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले यो पैसा सरकारले नोट बन्द गर्नु पर्‍यो ।’

‘सरकारले नोट बन्द गरेर तत्काल ती नोटलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्‍यो र आवश्यक परे स्वरूप परिवर्तन गरेर नयाँ नोट जारी गर्नुपर्‍यो,’ उनले भने ।

न्यौपानेले भ्रष्टाचारबाट लुकाइएको भनिएको रकमलाई निष्क्रिय बनाउन तथा सुशासन कायम गर्न सरकारले कडा कदम चाल्नुपर्ने बताए । यसका लागि भारतमा नोटबन्दी गरिएको उदाहरणबाट सिक्नुपर्ने उनको भनाइ थियो ।

त्यसपछि यसै विषयमा नेकपा प्रमुख सचेतक युवराज दुलालले रास्वपा सांसद न्यौपानेको प्रस्तावमा समर्थन जनाए ।

‘म सरकार पक्षमा पूर्ववक्ता माननीयज्यूले राखेको विषयमा पूर्ण समर्थन, शतप्रतिशत समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई एक हजार र पाँच सय रुपैयाँको नोटहरूलाई नोटबन्दी गर्नका लागि आह्वान गर्दछु ।’

यस्तो प्रस्तावमा आफ्ना पार्टीका सबै सांसद हस्ताक्षर गरेर दिन समेत तयार रहेको बताए ।

प्रश्न गरे, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ?’

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ०४ बजे

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी