अझै निकाल्न नसकिएको राइनो क्रुज « Khabarhub

अझै निकाल्न नसकिएको राइनो क्रुज


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । 

बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइता पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए ।

केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर चलाइएको थियो ।  अध्यक्ष ढुङ्गेलका अनुसार, गत असारबाट गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिक नदी किनारमा सञ्चालन गरिरहेको थियो । सञ्चालक ढुङ्गेलका अनुसार त्यसका लागि क्रुज ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए । 

त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उनले भने, ‘बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यसमा रु १० करोड बढी नोक्सान भएको छ ।’

उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने सञ्चालकको भनाइ छ । 

कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो । करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सकिने छ ।

क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज र विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले परियोजनाका रुपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : २७ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई