भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति « Khabarhub

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ९ करोड बराबरको क्षति भएको जानकारी दिएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण मोबाइल बिटिएस, वायरलाइन, एफटिटिएच र ब्याकबोन ट्रान्समिसनमा करिब ८ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको बताएका हुन् । 

उनले रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइट अवरुद्ध भएकामा पूर्ण क्षतिग्रस्त ३ वटा (त्रिशुली थ्री–बी, चिलिमे खोला र टिमुरे) बाहेक अन्य सञ्चालनमा आइसकेको जानकारी दिए ।

वैकल्पिक टावर र हेलिकप्टरमार्फत उपकरण तथा सोलार पुर्‍याएर टिमुरे–रसुवागढीसम्म मोबाइल कभरेज सुचारु गरिएको उनले बताए ।

त्यस्तै मन्त्री तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै विज्ञापन बजारलाई व्यवस्थित बनाउन नयाँ ‘विज्ञापन नीति २०८३’ ल्याइएको उल्लेख गरे ।

लोककल्याणकारी विज्ञापन पत्रकारको तलब नभई राज्यको सहयोग भएकाले वर्गीकरण, कभरेज र अवधिका आधारमा समानुपातिक एवं न्यायोचित वितरण हुनुपर्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

मन्त्री तिमिल्सिनाल सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको जानकारी दिए  । 

साइबर ठगी नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य भइरहेको भन्दै उनले हालसम्म तीन लाख पाँच हजारभन्दा बढी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गर्ने काम भएको उल्लेख गए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ५८ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,