स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली « Khabarhub

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

बुधबार दिउसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य सपना फाइनल खेल्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा परेकाले निकै चुनौतीपूर्ण भएको बताइन् । 

एसियालीस्तरको ठूलो मञ्चमा आफ्नो पदकलाई कायमै राख्न सफल हुनु ठूलो उपलब्धि रहेको उनले बताइन् । उनले रणनीति सोचेजस्तो पूर्ण रूपमा सफल हुन नसके पनि प्राप्त कास्य पदकमै टोली सन्तुष्ट र खुसी रहेको उल्लेख गरिन् ।

आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्ड नहुने समस्या पहिलेदेखि रहे पनि प्रतियोगिता सुरु हुनुभन्दा ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर केवल खेल, पदक र देशको झण्डा फर्फराउने कुरामा मात्र ध्यान केन्द्रित गरेको उनले बताइन् ।  

नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ०५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि