राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित « Khabarhub

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राख्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेशस्तरमा विस्तार गर्न विधेयक ल्याउन विधेयक ल्याउनुपरेको बताए। विधेयकमा तथ्यांक अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उनले जानकारी दिए । साथै मन्त्री पुनले विधेयकमा सांसदहरूले यसअघि शब्द–शब्द केलाएर छलफल गरेको जानकारी गराए।  

यसअघि उक्त प्रस्तावमाथिको छलफल सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १५ गते बिहान ११ः०० बजे बस्नेछ ।
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ४० बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई