भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता « Khabarhub

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि भारतको असम र पश्चिम बंगालका छ जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

हिमताल विस्फोटबाट ठूलो परिमाणमा हिमपग्लिएको पानी र गेग्रान नदी प्रणालीमा मिसिएर भारततर्फ बग्न थालेपछि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दुवै राज्यका प्रशासनले विपद् व्यवस्थापनको तयारी तीव्र पारेका छन् ।

भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार असमका कोकराझार, बक्सा, चिराङ र धुब्री तथा पश्चिम बंगालका जलपाइगुडी र अलिपुरद्वार जिल्लालाई विशेष निगरानीमा राखिएको छ ।

सम्भावित बाढी, नदीको जलस्तरमा वृद्धि तथा नदी कटानको जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य टोली र स्थानीय प्रशासनलाई नदी किनारका जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ । दुवै राज्यमा नदीको बहाव निगरानी गर्न चौबिसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरिएको समाचारमा उल्लेख छ ।

नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव क्षेत्रमा नजान र प्रशासनले जारी गर्ने सूचनाप्रति सचेत रहन आग्रह गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने गरी तयारीसमेत गरिएको छ ।

हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) हुँदा हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध वा हिउँको अवरोध भत्किएर एक्कासि बाहिर निस्कन्छ । यसबाट ठूलो परिमाणमा पानी र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा बाढी तथा विनाश निम्त्याउन सक्छ ।

पूर्वी हिमालय क्षेत्रमा बढ्दो तापक्रम र हिमनदी पग्लिने क्रमले उच्च हिमाली क्षेत्रमा हिमताल विस्तार हुँदै जाँदा यस्ता घटनाको जोखिम बढेको विषयले पछिल्लो घटनासँगै पुनः ध्यानाकर्षण गराएको छ ।

यसअघि सन् २०२६ को अगस्टमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले सीमावर्ती क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । हिमाली क्षेत्रमा पहिरो तथा हिमतालबाट आएको पानी र गेग्रानले निम्त्याएको बाढी भारततर्फका नदी प्रणालीमा समेत प्रभाव पार्न सक्ने जोखिम देखिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ८ : ०७ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा