गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने « Khabarhub

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका बलिउड अभिनेता टाइगर श्राफ अब काममा फर्किने तयारीमा छन् ।

आक्रमणको घटनाले आफू र परिवारलाई चिन्तित बनाए पनि उनी अब त्यसलाई पछाडि छोडेर सामान्य जीवनमा फर्किन चाहन्छन्। त्यसैले दीपावलीपछि आफ्नो आगामी फिल्म ‘लग जा गले’ को छायाङ्कनमा सहभागी हुने तयारीमा उनी जुटेका छन् ।

१८ अक्टोबरमा भएको गोली प्रहारको घटनापछि टाइगरले कुनै पनि फिल्मको सुटिङ सुरु गरेका छैनन् । केही सञ्चारमाध्यममा उनी करण जोहरको निर्माणमा बन्न लागेको ‘लग जा गले’ को सेटमा फर्किसकेको खबर सार्वजनिक भए पनि त्यो सत्य नभएको बताइएको छ । हाल उनी परिवारसँग घरमै समय बिताइरहेका छन् र आगामी महिनादेखि छायाङ्कन सुरु गर्ने योजनामा छन्।

तर, यसपटक टाइगरको सुटिङ पहिलेको जस्तो सामान्य हुने छैन । उनीमाथि भएको आक्रमणपछि उनको सुरक्षा टोली र फिल्मको निर्माण टोलीले विशेष सुरक्षा योजना तयार पारेका छन् । मिडिया रिपोर्टअनुसार अब उनको आवतजावत र छायाङ्कनको स्थानसम्बन्धी जानकारी सीमित व्यक्तिलाई मात्रै दिइनेछ ।

त्यस्तै, फिल्मको सेटमा पनि उनको सुरक्षाका लागि विशेष सावधानी अपनाइनेछ। टाइगरको सुरक्षा टोली र निर्माण पक्षले आपसी समन्वयमा उनको आवतजावतदेखि छायाङ्कनस्थलसम्मको सुरक्षालाई प्राथमिकता दिने भएका छन् ।

गोलीकाण्डपछि टाइगर र उनको परिवार मानसिक रूपमा निकै प्रभावित भएका थिए । त्यसैले केही समय कामबाट टाढा रहेर परिवारसँग बसेका उनी अब बिस्तारै व्यावसायिक जीवनमा फर्किन चाहन्छन् ।

आक्रमणपछि पहिलोपटक काममा फर्किन लागेका टाइगरका लागि ‘लग जा गले’ को छायाङ्कन केवल नयाँ कामको सुरुवात मात्र नभई सामान्य दिनचर्यामा फर्किने प्रयास पनि हुने देखिन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १ : ४५ बजे

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा