उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी « Khabarhub

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको छ । राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार चमोली जिल्लाको जोशीमठ नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्गम पहाडी क्षेत्रमा रहेको घटनास्थलमा उद्धार टोली परिचालन गरिएको भए पनि विमानमा सवार व्यक्तिहरूको अवस्था भने अझै खुल्न सकेको छैन ।

उक्त हेलिकप्टर शुक्रबार अपराह्न बद्रीनाथबाट उडेलगत्तै सम्पर्कविहीन भएको थियो । दुर्घटनाको कारण पनि हालसम्म खुलेको छैन। प्राप्त जानकारी अनुसार सो क्षेत्रमा भारी वर्षा र खराब भिजिबिलिटी रहेको थियो । हाल सो क्षेत्रमा भारी वर्षा भइरहेको जनाइएको छ । भारतको मौसम विभागले यसअघि नै उक्त क्षेत्रमा मेघ गर्जन, असिना र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, जिल्ला आपत्कालीन व्यवस्थापन विभाग र राज्य आपत्कालीन प्रतिक्रिया बलको संयुक्त सहभागितामा उद्धार कार्य भइरहेको बताएका छन् ।

सम्पूर्ण घटनाको निरन्तर अनुगमन गरिरहेको बताउँदै मुख्यमन्त्री धामीले गम्भीर घाइते भएका जो कोहीलाई पनि तत्काल हेलिकप्टरबाट एयरलिफ्ट गरेर उपचारका लागि लैजान आदेश दिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : १५ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा