काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने « Khabarhub

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक १७ गतदेखि काठमाडौंमा चौथो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ । 

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक १७ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा ५ दिने ’तिहार फ्लोरा एक्सपो’ आयोजना गर्न लागिएको जनाएको छ । 

तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ आयोजना गरिएको एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, ६ वटा अफिसियल स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित जम्मा ७३ वटा स्टलहरू रहने नर्सरी व्यवसायी संघ, नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

मेलामा मुख्यतया सयपत्री, मखमली र गोदावरीका विभिन्न भाइटीकाविशेष फूलहरुलाई प्रवद्र्धन गरिने र उत्कृष्ट व्यवसायीहरूलाई पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए । 

त्यसैगरि तिहारमा प्रयोग हुने फूलहरूका साथै बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्रीहरू, कृषि प्रविधि, कृषि औजार र मलखादहरू एउटै छानामुनि महामेलाको रूपमा उपलब्ध हुने उनको भनाइ छ । 

स्वदेशी फूलको प्रयोगलाई बढावा दिन एक्सपोको आयोजना गरिएको स्वदेशी उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने आयोजकको विश्वास छ । 

मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने र १ करोड भन्दा बढिको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले लिएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : १५ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा