काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरका लागि आवेदन आह्वान गरेको छ।
बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक डिजिटल सामग्रीमार्फत विश्वभर पुर्याउने लक्ष्यसहित यो अभियान अगाडि बढाएको हो।
यस पहलअन्तर्गत नेपालको हिमाली क्षेत्रदेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र मौलिक परम्परालाई आकर्षक दृश्य तथा डिजिटल सामग्रीमार्फत उजागर गरिनेछ।
नेपालका असाधारण पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर र अन्य सिर्जनात्मक माध्यमबाट प्रस्तुत गर्न सक्ने प्रतिभालाई यस अभियानमा जोड्ने बोर्डको मुख्य उद्देश्य छ।
डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगमार्फत नेपालको पर्यटन पहिचान नयाँ पुस्ताका क्रियटरसँग मिलेर विश्वसामु पुर्याउने अपेक्षा गरिएको छ।
इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित आगामी ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।














प्रतिक्रिया