साप्ताहिक अर्थ समाचार : मधेसमा नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह, तिहारमा ५२ लाख माला खपत हुने, नेप्से घट्यो र क्षेप्यास्त्रमा अमेरिका-जापान सहकार्य « Khabarhub

साप्ताहिक अर्थ समाचार : मधेसमा नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह, तिहारमा ५२ लाख माला खपत हुने, नेप्से घट्यो र क्षेप्यास्त्रमा अमेरिका-जापान सहकार्य


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले घटेर १८६ दशमलव ६४ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले घटेर १६५ दशमलव १६ मा पुगेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर रु आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मूल्यमा खरिद बिक्री भएको छ ।

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएका छन्।

नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेका हुन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभा शनिबार समापन हुनेछ। मन्त्री पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

जडीबुटी बेचेर चार करोड राजस्व असुली

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन् ।

घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका ४२ वर्षीय लोकेन्द्र रोकामगरले खेतमा सयपत्री फूल बिक्रीका लागि तयार भएका बताए। उनले १३ वर्षदेखि फूलखेती गर्दै आएका छन्। यस वर्ष पनि दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको उनले बताए।

घोराही-५ धर्नामा एक बिघा, घोराही-१६ तेरौँटेमा दुई कट्ठा र घर नजिक झिङ्गौरामा १८ कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्रि फूलखेती गरिरहेको उनले जानकारी दिए।

चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेका हुन्छन् । व्यावसायिक रूपमा फूलखेती गरेका उनले यसबाट आफू सन्तुष्ट रहेको बताए।

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड सङ्कलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सफलता हासिल गरेको हो ।

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ?

आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ६ : ५६ बजे

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा