पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण « Khabarhub

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड र पक्राउका घटनाप्रति सत्ताको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले यस विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पार्टीले मौलिक हकका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा सधैँ सम्मान र जिम्मेवार रहेको प्रष्ट पारेको छ। समाचारको विषयलाई लिएर कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानूनी रूपमा पक्राउ गर्न नपाइने विषयमा पार्टीको धारणा दृढ रहेको प्रवक्ता खरेलले उल्लेख गरेका छन्।

समाचार वा अन्य विषयमा चित्त नबुझेमा वा न्यायको खोजी गर्नुपरेमा त्यसका निम्ति अन्य धेरै कानुनी बाटोहरू खुला रहेको भन्दै उनले तिनै स्थापित विधि र प्रक्रियाहरू अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रवक्त्ता खरेलले फेसबुकमा लेखेका छन्, ‘विभिन्न संचारमाध्यमका पत्रकार तथा संचारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार संचारमाध्यम तथा सामाजिक संजालमा आइरहेको प्रती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे स्पस्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउछौं । मौलिक अधिकारको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रती पार्टीको सम्मान तथा जिम्मेवारी रहेको पनि स्पष्ट पार्न चाहान्छौं । समाचारकै विषयमा कुनै पनि पत्रकार वा संचारकर्मीलाई गैरकानुनी रुपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पस्ट छ । न्यायको खोजी गर्ने अरु धेरै बाटोहरु खुला नै छन, त्यसलाई अवलम्बन गरौं ।’

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : ४२ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड