फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ « Khabarhub

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक पूर्व मुस्लिम विद्रोही नेता अब्दुलराउफ माकाकुआ शुक्रबार दक्षिणी स्वशासित क्षेत्रको मुख्यमन्त्री निर्वाचित भएका छन् ।

यो क्षेत्र दशकौँको सशस्त्र द्वन्द्वपछि गठन भएको थियो । यो कुल ८० सदस्यीय बङ्गसामोरो स्वायत्त क्षेत्र मुस्लिम मिन्डानाओ (बारएमएम) सभाबाट ५१ मतले निर्वाचित गरिएको हो । यो निर्वाचन क्षेत्रीय चुनावलगत्तै भएको हो, जसमा उनको दलले अहिलेसम्म ४१ सिटको बहुमत जित्न सकेको थिएन ।

उनका मुख्य प्रतिद्वन्द्वी तथा मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआईएलएफ) गुरिल्ला समूहका पूर्व प्रमुख मुराद इब्राहिमले २७ मत पाएका थिए । 

मार्कोसका बाबुले सन् १९७० को दशकको सुरुवातमा फिलिपिन्सको दक्षिणमा भएको मुस्लिम विद्रोहविरुद्ध लडेका थिए ।

संसद्को उद्घाटन समारोहका उनी नै मुख्य अतिथि छन् । 

मार्कोसले सभालाई दिएको सम्बोधनमा भने, ‘शासन गर्ने अधिकार जित्नु ठूलो उपलब्धि थियो। पहिलो बङ्गसामोरो संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु अर्को ऐतिहासिक कदम थियो । अब कठिन भाग आउँछ।’

क्षेत्रीय सरकारको भूमिका स्थिर सरकार निर्माण गर्नु हो जसले ‘प्रत्येक बङ्गसामोरो परिवारको दैनिक जीवनमा शान्तिको लाभ महसुस होस्’ भन्ने कामना उनले गरे। 

माकाकुआलाई चुनावअघि क्षेत्रका अन्तरिम प्रमुख कार्यकारीको रूपमा मार्कोसले नै चयन गरेका थिए । यो कदम एमआईएलएफका वरिष्ठ नेतृत्वको आपत्तिविरुद्ध लिइएको थियो । एक समयका हात मिलाएर लड्ने साथी माकाकुआ र इब्राहिम त्यसपछि छुट्टिएका थिए । यसले सेप्टेम्बरको मतदानमा प्रतिस्पर्धाको आधार तयार पारेको थियो ।

बारएमएम अझै देशको सबैभन्दा गरिब क्षेत्र हो र आधिकारिक सर्वेक्षणअनुसार साक्षरता दर पनि सबैभन्दा कम छ । यसको सरकार अझै पनि फिलिपिन्स सरकारबाट भारी नगद हस्तान्तरणमा निर्भर रहनेछ । यसका लागि प्रस्तावित सन् २०२७ को राष्ट्रिय बजेटमा ११५ अर्ब पेसो (१.८ अर्ब डलर) भन्दा बढी तोकिएको छ । रासस

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : १९ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक