भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो « Khabarhub

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई देशको राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।

साँफेबगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले यस्तो बताएका हुन् ।

‘ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन जति महत्वपूर्ण थियो, अहिलेको निर्वाचन पनि उति नै महत्वपूर्ण छ’, उनले भने, ‘हामी आफ्नै निर्णय आफैंले गर्न सक्ने अवस्थामा हुनुपर्छ। देशलाई बलियो बनाउने जिम्मा हामी आफैंको हो ।’

उनले नेपाली संस्कृति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै नदी, नाला र प्राकृतिक स्रोतसाधन कब्जा गरिँदै युवालाई विदेश पठाउने प्रवृत्तिले देश दीर्घकालीन संकटतर्फ धकेलिएको बताए। ‘नेपालीहरू धनी भएर पनि कंगाल हुने ठाउँमा पुगेका छन्,’ रावलले भने ।

अन्तरक्रियामा रावलले विभिन्न अन्तर्राष्ट्रिय संस्था र एजेन्डाको नाममा देशको दिशामाथि असर पार्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘कहिले बार्बरा फाउन्डेशन, कहिले फ्री तिब्बतीयनजस्ता कुरा सुनिन्छन्। देश यसरी सही बाटोमा गएको छैन,’ उनले भने।

कार्यक्रममा सहभागी शिक्षकहरूले शिक्षा, राष्ट्रिय नीति र युवा पलायनका विषयमा प्रश्न उठाएका थिए। रावलले ती प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता, स्रोतसाधनको संरक्षण र आत्मनिर्भर नीतिमा जोड दिए।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ५७ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले