भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो « Khabarhub

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधारसम्बन्धी नयाँ कानूनमा हस्ताक्षर गरेका छन् । यस कानूनले निजी कम्पनीहरूलाई तेल उत्पादन र बिक्रीमा ठूलो भूमिका दिने व्यवस्था गर्दै दुई दशकभन्दा बढी समयदेखि लागू समाजवादी नीतिलाई उल्ट्याएको छ ।

यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ । लामो समयदेखि संकटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो । राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोको सत्ता गुमेको एक महिनाभित्रै यो कानून लागू गरिएको हो ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएको दुई घण्टाभन्दा कम समयमा रोड्रिगेजले हस्ताक्षर गरेका थिए । सोही समयमा अमेरिकी अर्थ मन्त्रालयलले भेनेजुएलामाथि लगाइएका तेलसम्बन्धी केही आर्थिक प्रतिबन्धहरू खुकुलो पार्दै अमेरिकी ऊर्जा कम्पनीहरूको गतिविधि विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग पनि वार्ता गरेका थिए। अमेरिकी पक्षले भेनेजुएलाको तेल निर्यात नियमन गर्दै त्यसबाट आउने आम्दानीको निगरानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भेनेजुएलामै रहेको छ ।

नयाँ कानूनअनुसार निजी कम्पनीहरूले स्वीकृत व्यापार योजनाका आधारमा आफ्नै खर्च र जोखिममा तेल क्षेत्र सञ्चालन गर्न सक्नेछन् । यसले राज्यस्वामित्वको पिडिभिएसएको उत्पादन र मूल्य निर्धारणसम्बन्धी एकाधिकार अन्त्य गर्दछ । साथै, विदेशी लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने स्वतन्त्र अन्तर्राष्ट्रिय मध्यस्थताको व्यवस्था पनि समेटिएको छ ।

कानूनले रोयल्टी दर अधिकतम ३० प्रतिशतमा सीमित गर्ने र परियोजनाको प्रकृतिअनुसार कार्यकारी शाखाले कर संरचना निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । सत्ताधारी दलका सांसदहरूले यसले देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरेका छन् । विपक्षी सांसदहरूले भने पारदर्शिता र जवाफदेहिताका प्रावधान थप्न आग्रह गरेका छन् ।

तेल कामदार र सत्ताधारी दलका समर्थकहरूले संसद् भवनमा विधेयक पारित भएको खुसियाली मनाएका थिए । यसअघि पूर्वराष्ट्रपति ह्युगो चाभेजले तेल उद्योगलाई कडा राज्य नियन्त्रणमा राख्दै सामाजिक कार्यक्रमहरूको आधार बनाए। 

तर तेल मूल्यको गिरावट, भ्रष्टाचार, खराब व्यवस्थापन र अमेरिकी प्रतिबन्धका कारण उद्योग कमजोर बन्दै गयो र गहिरो आर्थिक संकट उत्पन्न भयो । नयाँ सुधारले त्यही संकटबाट बाहिर निस्कन प्रयास गरेको सरकारको भनाइ छ ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ११ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा