सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह « Khabarhub

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम् केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् ।

एमाले मनकामना टोल कमिटी दमक-८ले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेन-जी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताए । उनले ओलीको भूमिका स्थानीय विकास मात्रै नभइ राष्ट्र,राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताए।

पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको भेलामा मुलुकलाई ध्वस्त पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेदवारबाट मुलुकको विकास सम्भव नहुने नेता दाहालले बताए ।

टोल भेलामा सहभागी अगुवा कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिँदै नेता दाहालले सूर्य चिह्नमा मतदान गरी एमालेलाई नजिताएसम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताए ।

भेलामा सहभागी चन्द्रकला मिश्रले दमक-८ मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिँदै एमाले र कांग्रेस सरकारले तयारी गरिरहेको बेला जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताए ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आयोगको काम पुन अघि बढेको उनले बताए । अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै बाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न ५को निर्वाचन परिचालन समितिको संयोजक दाहालले बताए ।

अध्यक्ष ओली उम्मेदवार भएको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचनको प्रचार प्रसार व्यापक बनाइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ५९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी