बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो « Khabarhub

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र साहका सहयोगी दिनेश सिटौलालाई काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरले अछामबाट हेलिकप्टरमा सुर्खेत ल्याएको थियो । त्यसपछि त्यहाँबाट सेनाकै स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो ।

उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको थियो ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका ४३ वर्षीय सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भए थिए ।

बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । स्थानीय डाक्टरहरूले रगत जमेको हुन सक्ने आशंका गरेका छन्। उनलाई काठमाडौं ल्याएपछि बालेन भने दैलेखतिर लागेका छन् ।

नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनको टोली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका छ। त्यहाँबाट उनी सुर्खेत ओर्लिनेछन् ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : ०३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा