सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने « Khabarhub

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । 

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो । 

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणका क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधि सेवन गराउन लागेको हो । 

परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपरी गाउँपालिका, पर्सा गाउँपालिका र  हरिपुर्वा नगरपालिकालाई एउटा समूहमा राखेर परीक्षण गरेको हो । 

टोलीका अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट लिएको ३०० नमूनामध्ये २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो । 

त्यसमध्ये पनि राति १२ बजे लिएको २८ जनाको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिए । जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको पाइएको छ । 

‘हात्तीपाइलेका नयाँ बिमारी फेला परेका पालिकामा विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीकै उपस्थितमा आम औषधि खुवाउने काम भइरहेको छ,’ संयोजक झाले भने ।

‘अभियानअन्तर्गत सुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई औषधि खुवाउने तौरतरिकाबारे प्रशिक्षण दिइनेछ, त्यसपछि उहाँहरूलाई घरघरमै पठाएर औषधि खुवाउन लगाउने गरिएको छ । मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन सुरु गरिसकिएको र अन्य पालिकाहरूमा तालिम चलिरहेको छ’, स्वास्थ्य कार्यालय प्रमुख झाले भने । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षदेखि माथि उमेरका सबैलाई सेवन गराइने उनले बताए ।

बाह्र स्थानीय तहका ८० प्रतिशतले हुन आउने चार लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत बुधबार हात्तीपाइले रोग उन्मूलनसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा शशि बडेलका अनुसार  हात्तीपाइले रोगले शरीरमा गम्भीर क्षति पुर्याउने भए पनि समयमै र नियमित औषधि सेवनले यसको रोकथाम गर्न सकिने छ । 

डा बडेलका अनुसार एक प्रतिशतभन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ । हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भएपछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकको भनाइ छ । रासस
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : ४५ बजे

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु

नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार