अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ « Khabarhub

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले यस पटकको निर्वाचन जीवनकै सबैभन्दा ठूलो मतान्तरसहित जित्ने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमेत मैदानमा रहेको सर्लाही ४ मा आफ्नो जित पक्का रहेको बताएका हुन् ।

थापाले माहोल बढाउँदै लगेको अवस्थामा सिंहले आफूले जीवनकै सबभन्दा ठूलो मतले चुनाव जित्ने आत्मविश्वास मतदातालाई सुनाउँदै आफूतिर तान्ने कोसिस गरेका हुन् ।

उनले यसपटक रास्वपाले एक्लै १६० सिट जित्ने दाबी गरेका छन् । मधेश प्रदेशबाट ३२ मा २० सिट रास्वपा एक्लैले जित्ने जिकिर उनको छ । समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल हुने उनले बताए ।

‘अहिलेसम्म जिन्दगीमा मैले जति अन्तरले चुनाव जित्दै आएको थिएँ, त्योभन्दा बढी मत ल्याएर जित्नेमा विश्वस्त छु’, उनले भने ।

यो निर्वाचनमा कांग्रेसले २० देखि २५ सिट जिते पनि त्यो धेरै ठूलो कुरा हुने सिंहले दाबी गरे । उनले बालेन्द्र साहको नेतृत्वमा रास्वपाले एक्लैले १६० सिटभन्दा बढी जित्ने ठोकुवा गरे ।

‘मधेश प्रदेशमा प्रतिनिधि सभाका ३२ सिट छन्, त्यहाँबाट रास्वपाले एक्लै २० सिट जित्छ’, उनले भने, ‘समानुपातिकमा पनि सबभन्दा बढी भोट रास्वपाले ल्याउँछ । अहिले मधेशी समूदायका लागि सत्ता परिवर्तन जरूरी भइसकेको छ।’

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : ४० बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा