भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ « Khabarhub

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार हसनपुर प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मचुवादेखि गाँजा लिएर धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टर समातिएको हो ।

उक्त ट्याक्टरको डालाभित्र ४३ वटा बोरामा राखिएको ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

उक्त गाँजासहित आमचोक गाउँपालिका-९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि-२ का सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुंके, बिर्खबहादुर बिसुंके, दीपकुमार बिसुंके र ताप्लेजुङको मिरिङ्डेन-६ का लाक्पा शेर्पा पक्राउ परेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : १४ बजे

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस