भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार हसनपुर प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मचुवादेखि गाँजा लिएर धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टर समातिएको हो ।
उक्त ट्याक्टरको डालाभित्र ४३ वटा बोरामा राखिएको ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
उक्त गाँजासहित आमचोक गाउँपालिका-९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि-२ का सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुंके, बिर्खबहादुर बिसुंके, दीपकुमार बिसुंके र ताप्लेजुङको मिरिङ्डेन-६ का लाक्पा शेर्पा पक्राउ परेका छन् ।













प्रतिक्रिया