स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी  « Khabarhub

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामीलाई रिफर (प्रेषण) नगर्न कडा निर्देशन दिएको छ।

बोर्डको नीति, योजना तथा अनुगमन शाखाबाट जारी गरिएको पत्रमा आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै पनि अन्यत्र रिफर गरिएको पाइएकाले यस्तो अभ्यास तुरुन्त रोक्न आग्रह गरिएको छ ।

स्वास्थ्य बीमा ऐन २०७५, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रिफर गर्ने संस्थामाथि आवश्यक कारबाही हुने चेतावनीसमेत दिइएको छ।

पत्रमा भनिएको छ, ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नै संस्थामा उपलब्ध सेवा उपेक्षा गरी अनावश्यक रूपमा अन्यत्र बिरामी पठाउनु स्वास्थ्य बीमा प्रणालीको मर्म विपरीत हो । यस्ता क्रियाकलापका कारण बीमित सेवाग्राहीलाई अनावश्यक दुःख, खर्च र झन्झट हुने गरेको छ ।’

बोर्डले आफ्नै संस्थामा उपलब्ध सेवा भएमा सोही संस्थामै गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउन, रिफर गर्नै पर्ने अवस्थामा नजिकको स्वास्थ्य संस्थामा मात्रै पठाउन अनुरोध गरेको छ ।

साथै, अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्यांकन तथा भुक्तानी रोकिने र सम्झौता स्थगन वा खारेजसम्मको निर्णय हुन सक्ने उल्लेख गरिएको छ।

वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.पवन कुमार साहको हस्ताक्षरसहित जारी पत्रमा सूचना प्रविधि शाखालाई उक्त जानकारी स्वास्थ्य बीमा बोर्डको वेबसाइटमा प्रकाशन गर्न समेत निर्देशन दिइएको छ ।

सरकारको यो कदमले स्वास्थ्य बीमा सेवामा अनुशासन कायम गर्न र सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : २७ बजे

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका