कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव « Khabarhub

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभई प्रचण्ड भागिरहेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्ड लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । 

माओवादी बिचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।

प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले विचलनकारीहरूले एकताको अपिल गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने उनले स्पष्ट पारे ।

उनले पार्टीले उठाएका एजेन्डाका साथै सत्य तथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी) मा समाहित भएका थिए । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : १९ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर