मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग « Khabarhub

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीको दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जन समेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एसोसिएसनले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तरबारे जाँच गर्न र यसको बनावटबारेमा यथाशक्य छानबिन गर्न मन्त्रालय र औषधि व्यवस्था विभागमा धेरै पटक माग गर्दा समेत हालसम्म कुनै पनि मापदण्ड नबनेको बताए ।

उनका अनुसार एकातिर दैनिक प्रयोग गरिने मञ्जनहरुको गुणस्तरका बारेमा राज्य अनभिज्ञ हुनु र अर्को तिर विभिन्न परिषद् र काउन्सिलमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिजन्य मञ्जनहरु खुला सुपर मार्केटमा बिक्री वितरण गरिनुले जनताको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ ।

उनले भने, ‘जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासोमा गम्भीर देखिएन ।’

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : १५ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन