भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर « Khabarhub

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्स, आईको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा बिहीवारबाट शिविर सुरु भएको हो ।

भच्चेक आधारभुत अस्पतालमा भएको शिविरको पहिलो दिन १५ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । १० जना पुरुष र ५ जना महिलाको मोतियाबिन्दुको शल्यक्रिया भएको उनले जानकारी दिए । उनका अनुसार शिविरमा १०८ जनाले आँखा परीक्षण गराएका छन् । ‘दुईहप्ता अघि पालिकाको सबै वडाहरुमा स्क्रिनिङ शिविर संचालन गरेका थियौ,’ उनले भने, ‘त्यसबेला मोतियाविन्दु देखिएकाहरुको अहिले शल्यक्रिया गरेका हौ ।’

शिविरमा भच्चेक, लप्सीबोट, घ्याच्चोक लगायत लमजुङको दुधपोखरी गाउँपालिका स्थानीयले समेत सेवा लिएका थिए । शुक्रबारसम्म संचालन हुने शिविरमा वरिष्ठ नेत्र रोग विषेशज्ञ डाक्टर ज्योत्सना शर्मा नेतृत्वको टोलीले सेवा दिएका छन् । शिविरमा बिरामीहरुलाई निशुल्क रुपमा औषधी तथा चस्मा समेत वितरण गरिएको छ ।

वडा नम्वर ३ का अध्यक्ष बाबुराम अधिकारी, पालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, मुटु फाउन्डेसनका अध्यक्ष गुरुङ, मनोज एसोसियसन फ्रान्सका संस्थापक एवं सदस्यहरु लगायतको उपस्थितिमा शिविर उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ४० बजे

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक