डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप « Khabarhub

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरका तीन वडामा नाला र ह्युमपाइपको व्यवस्था गरिएको छ ।

डुबान हुने ती क्षेत्रहरूमा महानगरले नाला र ह्युमपाइपको व्यवस्था गरेसँगै डुबानका समस्याबाट केही हदसम्म भए पनि राहत हुने आशा स्थानीयवासीले गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहले महानगरको वडा नं १७, २४ र २६ मा वर्षात्का बेला हुने डुबानको समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी क्रमशः निकासको काम अघि बढाउने बताए ।

‘निर्मित संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राखेर सहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ’, उनले भने, ‘विगतमा पनि यो समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि स्थानीयस्तरमा कुरा नमिल्दा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुनसकेको थिएन ।’

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ४८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा