घोराही–लमही सडक विस्तार थालियो « Khabarhub

घोराही–लमही सडक विस्तार थालियो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो ।

चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए । अब भने दुर्घटनाको जोखिम बढिरहेको समयमा सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए ।

साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यअनुसार माटो कटिङदेखि काट्न नमिल्ने ठाउँमा पर्खाल निर्माण गरेर सडक बढाउने काम भइरहेको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोडहरूमा सुधारदेखि साँघुरो स्थानमा कटिङ र पर्खाल निर्माणको काम भइरहेको छ । सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा रु २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड ६ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्नेगरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमै सडक सुधारको काम सक्नेगरी चौपट्टादेखि अर्जुनखोलासम्मको सडकमा काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ४७ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको