सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ? « Khabarhub

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

परिवारभित्रै अपराध : वृद्ध आमा र नाबालक कुट्नेदेखि श्रीमतीको खुट्का काट्नेसम्म !



काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै हुन्छन् । सञ्चारमाध्यमले ‘अपराध’ विटको लागि छुट्टै स्पेस राखेको छ । सञ्चार माध्यमले समाज छ र समाज रहेसम्म अपराध छ भनेर स्वीकार गरेको देखिन्छ । तर अपराधलाई न्युनिकरणका लागि काम गर्ने संरचना बनाइएको छ ।

तर उसले उचित ढङ्गले काम नगर्दा सामान्य लागेको घटना र परिघटनाले ठूला अपराधलाई निम्त्याएको छ । मद्यपान गरेर हिँड्नेलाई हामीले व्यक्तिगत स्वतन्त्रताको परिभाषा दिएका छौँ । नशा गरेर श्रीमती कुट्नेलाई घरपरिवारभित्रको मामला मानिदिएका छौँ । सन्तानमाथि यातना दिने अभिभावकलाई अनुशासन सिकाएको मान्छौं ।

घरका ज्येष्ठ नागरिकलाई सम्मान नगर्नुलाई परिवर्तन मान्छौँ । जसले समाजलाई अराजकतातिर धकेलिरहेको छ । संघीयताको अवधारणा हरेक घर–घरमा सिंहदरबार पुर्याउनु हो । र पुगेको पनि छ । तर स्थानीय विकास निर्माणलाई मात्रै प्राथमिकतामा राखेर काम गरिरहेका छन् । गाउँमा बाटोघाटो, पुल, मन्दिर निर्माण गरेर स्थानीय सरकारको जिम्मेवारी पूरा हुँदैन ।

अपराधरहित समाजको निर्माण गर्ने जिम्मेवारी पनि स्थानीय तहको हो । हरेक व्यक्तिको आनीबानी र आचरणप्रति स्थानीय प्रतिनिधि नै जानकार हुन्छन् । उनीहरुले शंकास्पद व्यक्तिलाई समयमै सचेत र जागरुक बनाउँदा दुर्घटना हुनबाट जोगाउन सकिन्छ । अपराधलाई न्यूनिकरण गर्ने सबैभन्दा उपयुक्त घरपरिवारमा अशान्ति मच्चाइरहेकालाई सुरुमै सचेत गराउनु हो । कानूनबारे सजग गराउनु हो ।
अपराधलाई बेवास्ता गर्दा हुन सक्ने केही घटना यहाँ प्रस्तुत गरिएको छ ।

दाइजो नपाएको झोँकमा अचानोमा राखेर खुट्टा चट !
पर्साको पर्सागढी नगरपालिका वडा नं–३ विरुवाटोलकी २५ वर्षीया हरिकला सहनीको बायाँ खुट्टा अचानोमा राखेर श्रीमान्ले नै काटिदिएका छन् । ३० वर्षीय पति विश्वनाथ सहनीले अचानोमा राखेर खुर्पाले बायाँ खुट्टा (पिँडुलामुनि) को भाग काटिदिए । चैत १ गते बिहान हुँदै लाग्दा ओछ्यानमा नै हातमुख र टाउको बाँधेर पतिले खुट्टा काटिदिएका हुन् ।

खुट्टा छालाले मात्र थामेको घटनास्थल पुगेका प्रत्यक्षदर्शीले बताए । पर्साको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयले खुट्टा काट्नुको मुख्य कारण दाइजोको माग रहेको छ । मागेको दाइजो ससुराले दिन नसक्ने भनेपछि श्रीमतीलाई प्रहार गरेका छन् ।

खुट्टा छालाले मात्र थामेको घटनास्थल पुगेका प्रत्यक्षदर्शीले बताए । पर्साको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयले खुट्टा काट्नुको मुख्य कारण दाइजोको माग रहेको छ । मागेको दाइजो ससुराले दिन नसक्ने भनेपछि श्रीमतीलाई प्रहार गरेका छन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुन हेर्नै सक्ने अवस्थाको थिएन । छिमेकीसँग ‘मलाई बचाइदिनु’ भन्दै हरिकलाले आलापविलाप गरेको भिडियो सार्वजजिक भएको थियो । हरिकलाको खुट्टा नजोडिने भएको छ । वीरगन्जको एलएस न्यूरो हस्पिटलले खुट्टा जोड्न नसकिने बताएको छ । तीन दिन निरन्तर चिकित्सकको टिमले प्रयास गरेपनि अन्ततः विफल भएको छ ।

वडाध्यक्ष सुकमान तामाङले विश्वनाथले योजनाबद्ध ढङ्गले अपराध गरेको देखिएको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘केटाको नशा गर्ने बानी नभएको तर पहिलेदेखि बदमास खालको थियो । पहिले पनि पटक–पटक श्रीमतीलाई पिटेको भएर माइती गएर बसेकी थिइन् । बुवासँग पैसा मागेर लिएर आइज । विदेश जाने पैसा चाहियो भनेर माग गरिरहेका रहेछन् । श्रीमतीले पैसा ल्याउन नसकेको रिस पालेर बसेको रहेछ ।’

‘तीन महिना माइती गएर बसेकी थिइन् । लिन गएर ल्याएछ । रातको १२ बजे घर पुगेका थिए । एउटा ७ वर्ष र अर्को साढे तीन वर्षका बच्चा छन् । बिहान ७ बजे दुई बच्चालाई फुपूको घर पुर्याइदियो’ तामाङले थपे, ‘फर्केर आएपछि उसले श्रीमतीको हात बाँधिदियो । उनलाई श्रीमान् जिस्केको होला । मजाक गरेको होला भन्ने लाग्यो । तर पछि उसले खुट्टा बाँधिदियो ।

त्यतिबेला पनि उनलाई मजाकै लागेको बताएकी थिइन् । उनले भनेकी छिन्, ‘फेरि पछि मुख बाँधिदियो । जब बोल्न र चिच्याउन नमिल्ने बनायो । तब बल्ल उसको गलत नियतको बारेमा थाहा भयो । अचानो र खुकुरी पहिले नै तयारी गरेर राखेको रहेछ । छातीमाथि चढेर खुट्टामा हानेछ ।’

आर्थिक रुपले विपन्न परिवार भएकाले स्थानीय तह र केन्द्र सरकारका नेताको सहयोगमा उपचार भइरहेको वडाध्यक्षले बताए । यस दुर्घटनामा वडाध्यक्षलाई अपराधीको बदमासी व्यवहार र पहिलेदेखि दाइजोको नाममा यातना दिएको जानकारी रहेको देखिन्छ । तर त्यसको विरुद्ध कुनै दबाब वा जागरण ल्याउने गरिएको छैन ।

अपाङगता आमामाथि कुटपिट
झापा भद्रपुर–८ मा एक छोराले आफ्नी अपाङ्गता भएकी आमालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भयो । आँखा खोल्नै नसक्ने गरी सुन्निएका थिए । अनुहार र शरीरभरी छोराको कुटाइले नीलडाम थियो । कुुटपिट भइरहेको बेला स्थानीयले प्रहरीलाई खबर गरे पनि घटनास्थल पुगेका प्रहरीले यसलाई ‘घरायसी मामला’ भन्दै कारबाही नगरी फर्किएको थियो ।

छोराले गरेको अमानवीय व्यवहारप्रति सञ्जालमा व्यापक आलोचना बढेपछि जिल्ला प्रहरी कार्यालयले ३७ वर्षीय आशिष घिमिरेलाई पक्राउ गरेको छ । उनले आफ्नै ७९ वर्षीया वैशाखीको सहारामा हिँड्ने असहाय आमालाई कुटपिट गरेका हुन् ।

छोराले गरेको अमानवीय व्यवहारप्रति सञ्जालमा व्यापक आलोचना बढेपछि जिल्ला प्रहरी कार्यालयले ३७ वर्षीय आशिष घिमिरेलाई पक्राउ गरेको छ । उनले आफ्नै ७९ वर्षीया वैशाखीको सहारामा हिँड्ने असहाय आमालाई कुटपिट गरेका हुन् । छोराको यस्तो अत्याचार हालै मात्र नभइ विगत दुई वर्षदेखि निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको छिमेकीले बताएका छन् ।

सन्तानबाट सुरक्षित हुनुपर्ने उमेरमा आफ्नै रगतबाट हिंसा भोग्नुपर्ने यो घटनाले समाजको कुरुप पाटो उजागर गरेको छ । अहिले आरोपित घिमिरे प्रहरी हिरासतमा छन् । घिमिरेले रक्सीको नशामा आफूलाई धेरै रिस उठेर घटना घट्न गएको बयान दिएका छन् ।

यस घटनामा पनि छिमेकीले आमामाथि छोराले दुव्र्यवहार गरेको देख्दै आएका छन् । जुन विषयमा स्थानीय जनप्रतिनिधि पनि जानकार हुन्छन् । तर घरपरिवारको मामिलाको रुपमा आँखा चिम्लने प्रयास गरिएको छ ।

६ वर्षको छोरालाई निर्घात कुटपिट गर्ने आमा
विर्तामोडमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा विर्तामोड– ५ बस्ने २५ वर्षीया सुमित्रा लामगादे रहेकी छन् । सुमित्राले आफ्ना नाबालक छोरा रुक्सनलाई निर्घात कुटपिट गरेकी थिइन् । कुटपिटबाट नाबालकको शरीरको विभिन्न भागमा निलडाम तथा चोटपटक लागेको छ ।

सुनगाभा बोर्डिङ स्कुलले रुक्सनको त्यो अवस्था देखेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएको थियो । लगत्तै प्रहरी टोली खटिएर कुटपिट गर्ने आमा सुमित्रालाई नियन्त्रणमा लिएको हो । घाइते बालकलाई हजुरबुबाको साथमा उपचारको लागि आशा मेडिकल पठाइयो । आमालाई क्षितिज सुधार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
तर ‘अरुको लाख, आमाको काँख’ भन्ने धारणाले आमामाथि शंका गर्ने ठाउँ छैन । आमासँग पनि आपराधिक मानसिकता हाबी हुनसक्छ भनेर फरक ढंगले नसोच्दा एक नाबालक आमाकै हातबाट निर्घात कुटपिटमा परेको छ ।

माथिका यी प्रतिनिधि घटनाले स्थानीय तहले राम्रोसँग काम गर्न नसकेको स्पष्ट देखिन्छ । स्थानीय जनप्रतिनिधि हरेक घरघरको सदस्यसँग चिरपरिचित हुन्छ । उनीहरुको आनीबानी र व्यवहारसँग घुलमिल भएको हुन्छ । तर दुर्घटना भएपछि मात्रै सर्तक हुने हो भने सामाजिक न्यायको अवस्थामा कसरी परिवर्तन हुन्छ ? भन्ने प्रश्न उब्जिन्छ ।

स्थानीय जनप्रतिनिधि हरेक घरघरको सदस्यसँग चिरपरिचित हुन्छ । उनीहरुको आनीबानी र व्यवहारसँग घुलमिल भएको हुन्छ । तर दुर्घटना भएपछि मात्रै सर्तक हुने हो भने सामाजिक न्यायको अवस्थामा कसरी परिवर्तन हुन्छ ? भन्ने प्रश्न उब्जिन्छ ।

जनप्रतिनिधि सही ढंगले सञ्चालन हुन नसक्दा समाज र टोलमा भएका हिंसा र शोषणले अझै निरन्तरता पाइरहेका छन् । जनप्रतिनिधिको विभिन्न काम, कर्तव्यमध्ये विवाद तथा झै–झगडाको न्यायोचित समाधान गर्नु पनि हो भनेर ऐन कानुनमै उल्लेख गरिएको छ । तर विवादपछिको न्यायोचित समाधान मात्रै होइन, स्थानीय तहले विवाद आउने खालका सम्भावनालाई रोक्नु पनि दायित्व हो ।

गाउँमा खराब आचरण भएका व्यक्तिहरुलाई पहिल्यैदेखि चिन्न सकिन्छ । उक्त व्यक्तिबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सम्झाउने वा बुझाउने गर्न सकिन्छ । जस्तै रक्सी खाएर सधै होहल्ला गर्ने र घरमा श्रीमती परिवारका सदस्यलाई कुटपिट गर्नेलाई सचेत गर्नुपर्छ । रक्सी पसल बन्द गर्ने हो वा रक्सी खानको लागि कडाई गर्न सकिन्छ । सामान्य मानिएको व्यक्तिबाटै समाजमा ठूला ठूला अपराध सिर्जना भएको छ ।

स्थानीय तहले सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रुपमा निभाउन सक्यो भने अपराधलाई कम गर्न सक्छ । तर उनीहरु चुकिरहेका छन् ।

पर्सागढी नगरपालिका वडा नं–३ का वडाध्यक्ष सुकमान तामाङले गाउँमा होहल्ला गर्ने, अराजकता र अशान्ति फैलाउने लगायतका व्यक्तिलाई प्रहरीसँग समन्वय गरेर कारवाही गर्दै आएको बताएका छन् । उनले भनेका छन्, ‘जनप्रतिनिधि चुनिएर आएदेखि नै रक्सी खाएर बाटोमा हिँडेको भेटेमा प्रहरीलाई खबर गरेर केही दिन थुनेरै राख्ने गरिएको छ । परिवारभित्रको विभिन्न किसिमको हिंसाविरुद्ध सक्रिय रुपमा वडाले कार्य गर्दै आएको छ ।’

‘जनप्रतिनिधि नेता मात्रै होइन । अभिभावक हो । अभिभावकले कति बेला घटना घट्छ र कारवाही गर्छु भनेर बस्दैन । प्रतिनिधि नहुदाँको दिनमा पनि सामाजिक मान मर्यादा नखलबल्याउन काम गर्दै आएको हो । आफ्नै छिमेकी अथवा गाउँले अपराध कर्ममा जोडिउन् भन्ने चाहना हुँदैन, उनी थप भन्छन्, ‘हरिकला दुर्घटनामा परिन् । यस घटनाले स्थानीय तहले गर्नुपर्ने काम धेरै बाँकी रहेको भन्दै झक्झकाइरहेको छ । दुर्घटना कम गर्ने काम गर्नै बाँकी रहेको देखिन्छ ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ०९ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद