काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता « Khabarhub

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने भएको छ । यसबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने बताएका छन् ।

जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णयसमेत गरेको छ । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो ।

यस्तै, कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ ।

विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा कडाइका साथ जाँच गरिनेछ । साथै राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने छ । यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मङ्गलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने बताउनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ३८ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको