काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७२० रुपैयाँ थियो ।













प्रतिक्रिया