टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ? « Khabarhub

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको सडकमा गीत गाइरहेको बालक अशोक दर्जीलाई संरक्षण दिएर ठूलो पर्दाको अभिनयसमेत गराए ।

८ वर्षको टंकको संरक्षणमा अशोकले विद्यालयको शिक्षा, गायक र बालनायकको परिचय पाए । टंककै नेतृत्वको अभिनायमा अशोकको परिवारले झापामा घर पायो । अशोक भाइरल बन्नुअघि उनको परिवार दयनीय छाप्रोमा बस्थ्यो ।

टंकको संरक्षणले अशोक र उनको परिवारले नयाँ जीवन पायो । तर, अहिले अशोक आफ्नै घर फर्किएका छन् ।

तीन महिना बितेपछि टंकले अशोक सल्लाहमै झापा फर्किएको जानकारी गराएका छन् । यो कुरा तीन महिनापछि मात्रै उनले किन सार्वजनिक गरे ? शंकाको विषय हो ।

फेरि आइतबार मात्रै अशोकको अभिनय रहने भनिएको फिल्म ‘पार्वती’को छायाङ्कनको समाचार बाहिरिएको थियो । त्यसको केही समयपछि मात्रै टंकले अशोक आफूसँग छुटिएर झापा पुगेको खुलाएका हुन् ।

अहिले फिल्म ‘मनबिनाको धन’को आर्थिक विवादले टंक र अशोकको सम्बन्धमा दरार आएको गसिप पनि उत्तिकै छ । यो गशिपलाई बढाव अर्को कुराले दिन्छ– ९ कक्षाको पढाइ बीचमै छाडेर अशोक झापा गराएका हुन् ।

अशोकले काठमाडौंबाट ट्रान्सफर लिएर कक्षा ९ को बोर्ड परीक्षा झापाकै स्कुलबाट दिएका हुन् । उनी त्यहीँको स्थानीय विद्यालयमा पढ्दैछन् ।

के भन्छन् अशोक ?

फिल्मको आर्थिक विवादका कारण आफू झापा आएको हल्ला अशोकले ठाडै अस्वीकार गरे ।

बाटोमा गाउँदै गरेका बालकलाई फिल्ममा अभिनयको अवसर दिने व्यक्तिसँग आर्थिक कुरा उठान नै नहुने उनले तर्क गरे ।

उनले भने, ‘मलाई टंक दादाले फिल्म खेलाइदिनु नै ठूलो कुरा हो । उहाँको कडा मिहिनेतले फिल्म खेल्न पाएँ। उहाँले सडकमा गीत गाउँदै गरेको मलाई आश्रय दिएर फिल्म खेल्ने बनाउनुभयो । मलाई दर्शकले ठूलो पर्दामा स्वीकार्नुहुन्छ कि हुँदैन भन्ने चिन्ता थियो । फिल्म राम्रो भयो । मलाई दर्शकले स्वीकार्नुभयो । मैले फिल्म खेल्नु भनेको टंक दाइको हार्डवर्ककै कारण हो ।’

आफू टंकले दिएको संस्कार व्यवहारमा लागू गर्न झापा फर्किएको उनले बताए ।

परिवारकको संरक्षण गर्ने सोचले झापा फर्किएको बताउँदै उनले थपे, ‘बुवा कमजोर हुन थाल्नुभयो । अब म घर जान्छु । भाइ बहिनीहरू र उहाँहरूको ख्याल राख्छु भन्ने सल्लाह टंक दाइसँग गरेँ । मेरो कुरा सुनेर टंक दादा पनि खुसी हुनुभयो । अहिले म बुवा–ममीलाई हेरिरहेको छु । कन्सर्ट गरिरहेको छु । टंक दाइले मलाई बनाउन खोजेको यही नै हो ।’

अहिले भाइबहिनी र परिवारको ख्याल गर्दै पढाइलाई अगाडि बढाउन पाएकामा आफूलाई खुसी रहेको अशोकले बताए

थपे, ‘अहिले म स्कुटरमा भाइ बहिनीलाई लिएर स्कुल जान्छु । उनीहरूलाई लिएर फर्कन्छु । फुर्सदमा गीत लेख्छु । बुवाआमा झन् खुसी हुनुभएको छ ।’

आफू भागेर र झगडा गरेर नभइ सहज वातावरणमा सल्लाह गरेर झापा फर्किएको उनले खबरहबमार्फत् दर्शकलाई सन्देश छाडेका छन् ।

नायिका नीता ढुंगानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’मा अभिनय गर्न आफू काठमाडौंमा आउने पनि उनले बताए।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ०९ बजे

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको