काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौँमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसद्मा आफ्ना सांसदहरूको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।
पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसद्मा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए ।
नेता खड्काले संख्याको हिसाबले केही कम भए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरूको भूमिका निकै महत्त्वपूर्ण हुने धारणा राखे ।
यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूले राष्ट्रका मुद्दाहरूलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले पहिले जस्तै सांसदहरुसंगको छलफल निरन्तर हुने भन्दै संसद् बाहिर रहेका नेताहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आवश्यक परेको खण्डका संसद्मा आउने महत्त्वपूर्ण विषयमा विज्ञहरूसँग समेत छलफल गराउने बताए ।























प्रतिक्रिया