काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासलेबन्दी प्रत्यक्षीकरणमा ओलीलाई छाड्न अस्वीकार गरेको हो ।
सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि छाड्न अस्वीकार गरेको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकको मुद्दामा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।
पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला आदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन् ।













प्रतिक्रिया