राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न ध्यान दिऊँ : अर्थमन्त्री वाग्ले « Khabarhub

राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न ध्यान दिऊँ : अर्थमन्त्री वाग्ले


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिएका छन् । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उनले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिएका हुन् ।

मन्त्री डा वाग्लेले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उल्लेख गरे । ‘राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्नसक्छ’, उनले भने ।

मन्त्री डा वाग्लेले राजस्व सङ्कलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए  । यस सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको उल्लेख गर्दै उनले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत नियमित अनुगमन भइरहेको जानकारी दिए । 

त्यस अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिएको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०९ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका