प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी « Khabarhub

प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले ४५ दशमलव ४ ओभरमा १० विकेटको क्षति व्यहोर्दै १६८ रन गराएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा सीमित भएको थियो । सुदूरपश्चिमको तर्फबाट दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले १९ रन जोडेका थिए ।

त्यस्तै लुम्बिनीको तर्फबाट सन्तोष यादव र अजय चौहानले सामान ४–४ विकेट लिएका थिए । लुम्बिनीको तर्फबाट सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिएका थिए । यसैगरि सुदूरपश्चिमका हेमन्त धामीले पनि २ विकेट लिएका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १६ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा