हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि « Khabarhub

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उपचाररत एक बिरामीमा गरिएको स्वाब परीक्षणमा डेङ्गु संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार डेङ्गु पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार हुन् । उनी तीन दिनअघि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए । हाल सुनारलाई अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ।

डेङ्गु पुष्टि भएसँगै केही दिन अझै निगरानीमा राखेर उपचार गरिने चिकित्सक तिवारीले जानकारी दिए । संक्रमित सुनार हालसम्म जिल्ला बाहिर ननिस्किएको पाइएको छ। यसले हुम्लामै डेङ्गु संक्रमण फैलिएको संकेत देखिएको चिकित्सकहरूको भनाइ छ।

मौसममा आएको परिवर्तन, तापक्रम वृद्धि र लामखुट्टेको संख्या बढ्न थालेसँगै यस्तो संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य अधिकारीहरूले यसलाई गम्भीर रूपमा लिँदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : २८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका