फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी « Khabarhub

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक नदिएको सूचीमा परेका भुवन अर्को आर्थिक लेनदेनको काण्डमा फसेका छन् ।

वितरक गोविन्द शाहीले भुवनलाई आर्थिक कारोबार मिलाउन २४ घण्टाको समय दिएको फेसबुक स्ट्याटस राखेपछि यो घटना छताछुल्ल भएको हो ।

भुवनको प्रोडक्सन हाउस ‘सनराइज पिक्चर’ र शाहीको फिल्म वितरण कम्पनी ‘काफिया फिल्मस्’को आर्थिक करोबारले यी दुईबीच समस्या उत्पन्न भएको पाइन्छ ।

प्रदर्शन मितिमा कुरा नमिल्दा यी दुईको आपसी मतभेद बढेको हो ।

नायक विराज भट्ट निकट रहेका शाही यो आगामी दशैँमा फिल्म ‘१२ गाउँ २’ प्रदर्शनमा ल्याउन चाहन्छन् । भुवन पनि छोरा अनमोल नायक रहेको फिल्म ‘बाटुलो जुन’ यही दशैँमा प्रदर्शनमा ल्याउन चाहन्छन् ।

दुई फिल्म एकै वितरकले एकै मितिमा प्रदर्शन गर्न नमिल्ने यी दुई पक्षको सम्झौता पत्रमा उल्लेख छ । विवादको जड यही बुँदा हो ।

शाहीले अडान नछाडेपछि भुवन दशैँमा फिल्म प्रदर्शनमा ल्याउन अर्का वितरकसँग जोडिएको बुझिएको छ । त्यसपछि गोविन्द शाहीले स्ट्याटस ठोकेका हुन् ।

शाहीको सम्झौता पत्रमा वितकरले ‘बाटुलो जुन’ निर्माणका लागि ५० लाख दिने उल्लेख गरिएको छ । तर, उनले फिल्म निर्माण पक्षले कति रकम लगेको खुलाएका छैनन् । शाहीले भुवनलाई मात्र हिसाब मिलाउन समय दिएका हुन् ।

पुरानो १० लाखको हिसाब भने प्रष्ट छ । शाहीले भुवनलाई एक फिल्मका लागि अग्रिम १० लाख रुपैयाँ दिएको कागज पनि सार्वजनिक गरेका छन् ।

‘क्याप्टेनपछि बन्ने पहिलो निर्माता भुवन केसीको फिल्म लागि उक्त रकम दिइएको उल्लेख गरिएको छ । जहाँ भुवनले १० लाख रुपैयाँ बुझिलिएको भनेर हस्ताक्षर गरेका छन् ।

शाहीको यस स्ट्याट्सको खण्डन भुवनकोतर्फबाट विज्ञप्तिमार्फत् गरिएको छ ।

भुवनका तर्फबाट साइनराज पिक्चरले जिया केसीको नाममा निकालेको विज्ञप्तिमा शाहीले सम्झौताको ४ नम्बर बुँदा पालना नगरेको दाबी गरिएको छ ।

सम्झौताको ४ नम्बर बुँदामा लेखिएको छ, ‘निर्धारित प्रदर्शनम मितिमा दोस्रो पक्षले अन्य कुनै चलचित्र प्रदर्शन गर्न पाउने छैन । दोस्रो पक्षले देशभरका सिनेमा हलहरूसँग प्रदर्शन मिति पूर्व समन्वय गरी प्रचार-प्रसारका लागि पोस्टर टाँस्ने, प्रचार अभियान सञ्चालन गर्ने र चलचित्रको सफल प्रदर्शनका लागि आवश्यक सम्पूर्ण कार्य सुनिश्चित गर्नुपर्ने ।’

वितरक शाहीले दशैँमा अर्को फिल्म लिएकामा भुवनको आपत्ति देखिन्छ ।

भुवनकोतर्फबाट सार्वजनिक विज्ञप्तिमा शाहीको स्ट्याट्सलाई बदनियतका रुपमा लिएको छ । यो विवाद संवादबाट टुङ्ग्याउन निर्माण पक्ष तयार रहेको साथै चलचित्र निर्माता संघ र चलचित्र संघको समन्वयमा छलफलअघि बढिरहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  २ : १४ बजे

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व