अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर « Khabarhub

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको छ ।

यसअघि २०८२ चैत २० गतेको मन्त्रालायको परिपत्रलाई स्मरण गराउँदै गृहले पुनः जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा पहिचान र संरक्षणका लागि निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी सार्वजनिक जग्गाको पहिचान गर्न र त्यहाँ रहेका अतिक्रमण हटाउने विस्तृत योजना माग गर्न भनिएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि आवश्यक योजना तयार गरी मन्त्रालयमा पठाउन भनेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ५ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई