अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर « Khabarhub

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको छ ।

यसअघि २०८२ चैत २० गतेको मन्त्रालायको परिपत्रलाई स्मरण गराउँदै गृहले पुनः जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा पहिचान र संरक्षणका लागि निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी सार्वजनिक जग्गाको पहिचान गर्न र त्यहाँ रहेका अतिक्रमण हटाउने विस्तृत योजना माग गर्न भनिएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि आवश्यक योजना तयार गरी मन्त्रालयमा पठाउन भनेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ५ : ३४ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली