नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड « Khabarhub

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । 

एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले कृषिलाई प्राथमिकता दिएर नीति निर्माण गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति बने पनि कार्यान्वयन फितलो भएकाले कृषिमा प्रभावकारी काम हुन नसकेको बताए । 

‘केही वर्षअघि नेपालबाट खाद्यान्न निर्यात हुन्थ्यो, अहिले आयात गर्छौँ । यसमा हामी कहाँ चुक्यौँ, समीक्षा हुनुपर्छ । वास्तविक किसानले अनुदान नपाउँदा पनि कृषि क्षेत्रको विस्तार हुन सकेको छैन’, उनले भने । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले आयातमा निर्भर कृषि प्रणाली भएर समस्या भएकाले यस विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल गरिने बताए । स्वदेशमै कृषि उद्यम गरेर जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

“कृषिमा प्रविधि पनि जोडेर लैजाने गरी नीति र कानुन बनाइनुपर्छ, कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्ने आवश्यकता छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने गरी नीति, कानुन बनाएर कृषि क्षेत्रलाई अघि बढाउने र किसानलाई प्रोत्साहन गर्ने योजना बनाउने छौँ”, सभापति चौधरीले भने ।
 
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ५१ बजे

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन

रास्वपा सह-महामन्त्रीमा अशिम र हरि विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीतर्फको परिणाम आएको छ। परिणामअनुसार प्रधानमन्त्री