कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर घिमिरेको कमाण्डमा खटिएको पाँच सदस्यीय सीमा पैदल गस्ती टोली र प्रहरी चौकी भुडाबाट प्रहरी वरिष्ठ हवल्दार कृष्णराज जोशीसहितको संयुक्त टोलीले शंका लागेर अटो रिक्सामा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा सु.प.प्र. ०१००१ ह ८४४३ नम्बरको अटो रिक्साको पछाडिको सिटमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषध ६.५ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

सो क्रममा अटो चालक कञ्चनपुर बेलडाडी गाउँपालिका–२ सिहपाल टोलका ४७ वर्षीय करन ओखेडासहित बेदकोट नगरपालिका–८ भासीका १८ वर्षीय ललित सेट्टी, १९ वर्षीय अशोक डगौरा र १८ वर्षीया ममता सार्कीलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि प्रहरी चौकी भुडामा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : २५ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा