स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष « Khabarhub

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी जारी रहने बताएका छन् ।

हर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा हर्मुजमा आक्रमण गरेरै भएपनि जहाजलाई वारपार गराउने बताएको थियो ।

नाकावन्दी लगाएर आफूलाई झुकाउने अमेरिकी प्रशासनको नीतिविरूद्ध चट्टानी अडान राख्दै इरानले हर्मुज घाँटीमा सिमित जहाजको आवागमनलाई मात्र अनुमति दिएपछि तनावले थप उचाइ लिने देखिएको छ ।

ट्रम्प निकट एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, ‘इरानलाई प्रमुख जलमार्गमा उसको प्रभाव वा नियन्त्रण अन्त्य गर्न बाध्य पार्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पले विभिन्न कूटनीतिक र नीतिगत विकल्पहरू अघि सार्नुहुनेभएको छ।’

ती अधिकारीले भने, ‘योजना अन्तर्गत अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी जारी राख्नेछ र राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानमाथि दबाब बढाउने प्रयास गर्नुहुनेछ, यसले इरानी इन्धनको स्वतन्त्र प्रवाहलाई अवरोध गर्ने प्रयासको मूल्य चुकाउन सकिने विश्वास राष्ट्रपति ट्रम्पको रहेको छ।’

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ९ : ५१ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक