आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने « Khabarhub

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेले ।

यस्तै, साई सुदर्शनले ५८ र राहुल तोवाटियाले १७ र वासिङ्टन सुन्दरले १६ रन बनाए । राजस्थानका नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

राजस्थानका वैभव सूर्यवंशीले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै, रविन्द्र जडेजाले ४५, डोनोभान फरेराले ३८ तथा रियान परागले ११ रनको योगदान दिए । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले २–२ विकेट लिए ।

यो जितसँगै गुजरातले अब आइतबार फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ६ : ५७ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध