कोलकातामा गणतन्त्र दिवस मनाइयो « Khabarhub

कोलकातामा गणतन्त्र दिवस मनाइयो


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र दिवसका अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा शुक्रबार विविध कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराइनाका साथै राष्ट्रिय गानबाट प्रवचन कार्यक्रम गरिएको थियो ।

महावाणिज्यदूतावासका अनुसार महावाणिज्यदूत झक्कप्रसाद आचार्यले हजारौँ नेपालीको त्याग र बलिदानको प्रतिफलस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे। 

गणतन्त्रले नागरिक सर्वोच्चता, समावेशिता, विधिको शासन, मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता तथा सामाजिक न्यायलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदान गरेको बताउँदै उनले राष्ट्रको समृद्धि, सुशासन र दिगो विकासका लागि गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

शुक्रबार साँझ ७३औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस पनि विविध कार्यक्रमका साथ मनाइएको छ । ‘नेपालको गौरव र पहिचान सगरमाथा’ नाराका साथ आयोजित उक्त कार्यक्रममा कोलकातास्थित ‘ट्राभल एण्ड टुर’ व्यवसायी, पर्यटन क्षेत्रसँग निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सगरमाथाको अन्तर्राष्ट्रिय महत्व, नेपालको पर्यटन सम्भावना, पर्वतीय पर्यटन, हिमाल संरक्षण तथा दिगो पर्यटनका विविध पक्ष समेटिएका सामग्री प्रस्तुत गरिएको थियो ।

नेपाल–भारत पर्यटन सहकार्य, नेपाल भ्रमण प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास तथा पर्यटक आदानप्रदानका सम्भावनाबारे छलफल पनि भएको थियो ।
 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  १२ : ५० बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी