कोलकातामा गणतन्त्र दिवस मनाइयो « Khabarhub

कोलकातामा गणतन्त्र दिवस मनाइयो


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र दिवसका अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा शुक्रबार विविध कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराइनाका साथै राष्ट्रिय गानबाट प्रवचन कार्यक्रम गरिएको थियो ।

महावाणिज्यदूतावासका अनुसार महावाणिज्यदूत झक्कप्रसाद आचार्यले हजारौँ नेपालीको त्याग र बलिदानको प्रतिफलस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे। 

गणतन्त्रले नागरिक सर्वोच्चता, समावेशिता, विधिको शासन, मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता तथा सामाजिक न्यायलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदान गरेको बताउँदै उनले राष्ट्रको समृद्धि, सुशासन र दिगो विकासका लागि गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

शुक्रबार साँझ ७३औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस पनि विविध कार्यक्रमका साथ मनाइएको छ । ‘नेपालको गौरव र पहिचान सगरमाथा’ नाराका साथ आयोजित उक्त कार्यक्रममा कोलकातास्थित ‘ट्राभल एण्ड टुर’ व्यवसायी, पर्यटन क्षेत्रसँग निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सगरमाथाको अन्तर्राष्ट्रिय महत्व, नेपालको पर्यटन सम्भावना, पर्वतीय पर्यटन, हिमाल संरक्षण तथा दिगो पर्यटनका विविध पक्ष समेटिएका सामग्री प्रस्तुत गरिएको थियो ।

नेपाल–भारत पर्यटन सहकार्य, नेपाल भ्रमण प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास तथा पर्यटक आदानप्रदानका सम्भावनाबारे छलफल पनि भएको थियो ।
 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १२ : ५० बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा